🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

काश्मिर सङ्कट सुल्झाउन  फ्रान्सका राष्ट्रपतिको  आग्रह

फ्रान्स, ६ भदौ (रासस-एपी) – फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्नुभएको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) को बैठकमा सहभागी हुन फ्रान्स पुग्नुभएका भारतीय प्रधानमन्त्री मोदीसमक्ष राष्ट्रपति म्याँक्रोले यस्तो आग्रह गर्नुभएको हो ।


दुई नेताबीच बिहीबार भएको भेटवार्तामा जलवायु परिवर्तन र अरु द्विपक्षीय एवं विश्वका जल्दाबल्दा विषयमा पनि विचारविमर्श भएको थियो ।
जी७ को बैठक फ्रान्सको बियारिजमा यसै सप्ताहान्तमा बस्दैछ । भारतीय प्रधानमन्त्री मोदी उक्त बैठकमा विशेष आमन्त्रित हुनुहुन्छ । जी७ का सदस्य मुलुकमा संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, जापान, जर्मनी, क्यानडा र इटाली रहेका छन् । 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले बिहीबार नै बेलायतका नवनिर्वाचित प्रधानमन्त्री बोरिस जोन्सन र ग्रीसका प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको थियो । 
भारतीय प्रधानमन्त्रीसँगको भेटवार्तामा राष्ट्रपति म्याँक्रोले भारत र पाकिस्तानबीच रहेका मतभेद द्विपक्षीय रुपमा सुल्झाउन तथा थप गतिरोध अन्त्य गर्न आग्रह गर्नुभएको थियो ।

गत अगस्ट ५ मा मोदीले मुस्लिम बहुल काश्मिरले प्राप्त गरिरहेको विशेष दर्जा समाप्त गर्नुका साथै दशौं हजार थप सुरक्षाकर्मी काश्मिरमा पठाउनुभएको थियो । प्रधानमन्त्री मोदीले भने आफ्नो वक्तव्यमा काश्मिरका विषयमा केही उल्लेख गर्नुभएको थिएन ।
––