🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

आइजीपीको पोल खृुलेपछि आफ्नै अधिकृतबिरुद्ध समाचार लेखाउँदै 

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले तराईका जिल्ला खाली गर्दै पहाडमा फौज थुपारेको बिषय र भोलि कुनै संकट आएमा २ नम्बर प्रदेशका जिल्लामा अनिष्ट हुने समाचार साँघुले उजागर गरेपछि उनी आफ्नै मातहतका तल्लो दर्जाका ब्यक्तिबिरुद्ध पत्रकार बोलाउँदै समाचार छपाउन थालेका छन् । उनले अदृश्य शक्तिको इशारामा मन्त्रिपरिषदको निर्णय अनुसारको दरबन्दी संरचना नै आफूखुसी परिवर्तन गरी २ नम्बर प्रदेशका ८ जिल्लाबाट फौजको संख्या घटाउने, राजमार्ग र सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बलका युनिट खाली गराउने काम गरेको बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली गम्भीर भएको समाचार छ । 

तराईका जिल्लाको सुरक्षा संवेदनशीलता अनुसार फौजको संख्या थप गर्नुपर्नेमा झन् घटाएको बिषयमा सेनाले समेत चासो राखेको स्रोतले बताएको छ । सशस्त्र प्रहरी बलले पहिला सीमा सुरक्षा र राजमार्ग सुरक्षाको मुख्य जिम्मेवारी लिएको थियो । तर अहिले सीमा सुरक्षा र राजमार्ग सुरक्षाका लागि खडा गरिएका गणहरुमा ५ जना रुङ्नका लागि मात्र जनशक्ति राखिएको छ । 

 बोर्डर आउटपोष्ट हटाएर सीमा सुरक्षाका युनिटको संख्या बढी देखाए पनि तिनमा बढीमा ५ देखि ७ जनामात्र राखिएको छ । जबकि बोर्डरआउट पोष्टमा ५० जनासम्मको फौज हुन्थ्यो । यसरी सशस्त्र प्रहरी बलको मर्म र भावनामाथि खेलबाड गर्ने नेतृत्वले आफ्नै मातहतका अधिकृतबिरुद्ध समाचार छपाउन तल्लीन छ । उहिल्यै छानबिन गरी टुंगिसकेको र दोषी समेत कारबाही भोगिसकेको बिषयमा उनले सशस्त्रको आगलागी प्रकरण पनि उनले उछाल्ने काम गरेका छन् । 

 प्रायोजित समाचार आफ्नै मातहतका प्रहरी कर्मचारीबिरुद्ध लेखाउँदैआएका आइजीपी खनालले सशस्त्रमा गुटबन्दीको हद नै नाघेका छन् । क्षमतावान अधिकृतहरु उनको निशाना बनेका छन् । उनलाई मन नपर्ने क्षमतावान नै भए पनि १ बर्षमा ३ देखि ४ ठाउँमा सरुवा गरी सास्ती दिने गरेका छन् । सशस्त्रमा साउनमा सरुवा हुन्छ । त्यो सरुवामा आफ्ना निकटहरुलाई मात्र राम्रो ठाउँ दिनका लागि उनले विभिन्न अधिकृतको बिरुद्ध मिडियाबाजी गराउँदैआएको सशस्त्रका एक उच्च अधिकारीले बताएका छन् ।(२०७६ असार १६, साँघु सप्ताहिक)