🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

ठूलो भर्याङको ट्रायल सेन्टर सार्न चलखेल 

काठमाण्डौ । स्वयम्भू ठूलो भर्याङस्थित यातायात कार्यालय प्रमुखले मोटरसाइकल र गाडीको ट्रायल दिंदै आएको ड्राईभिङ सेन्टरसँगको सम्झौता सकिन लाग्दा ठूलो चलखेल गर्न खोजेको गुनासो प्राप्त भएको छ । २०७४ साल साउन ९ गते यातायात कार्यालय र मोक्तान ड्राईभिङ सेन्टर इचङुनारायण ४, काठमाण्डौबीच भएको सम्झौता अवधि बाँकी छदै प्रमुख कमला थापाले गुर्जुधारामा रहेको अर्का ड्राईभिङ सेन्टरसँग मिलेर ट्रायल दिने ठाउँ फेर्न खोजिरहेको बताइएको छ ।

जबकि, ठूलो भर्याङमा रहेको यातायात कार्यालयले लाइसेन्स त्यहीँबाट वितरण गर्ने गर्दछ । यातायात कार्यालयसँगै रहेको ट्रायल दिने ड्राईभिङ सेन्टर गुर्जुधारा सार्दा सेवाग्राहीले एक ठाउँमा ट्रायल दिने र अर्को ठाँउबाट लाईसेन्स लिनुपर्ने बाध्यता आईपर्छ र दूरीको हिसाबले पनि ठूलो भर्याङ र गुर्जुधारा निकै पर हुने भएकोले सेवाग्राहीले अनावश्यक झण्झण्ट बेहोर्नु पर्ने गुनासो सेवाग्राहीहरुको रहेको छ ।

त्यसो त ड्राइभिङ सेन्टरलाई ट्रायल दिए वापत यातायात कार्यालयले कुनै रकम उपलब्ध गराउनु पर्दैन । सम्झौता अनुसार मोक्तान ड्राइभिङ सेन्टरले नै सेवाग्राहीका लागि बस्ने व्यबस्थाका साथै आफ्नै तर्फबाट कर्मचारीको व्यबस्था समेत मिलाएको छ । तर, कार्यालय प्रमुख कमला थापाले गुर्जुधाराको ड्राइभिङ सेन्टरहरुसँग मिलेमतो गरी ट्रायल सेन्टर सार्न खोज्नुमा ठूलो रकमको मोलमोलाई भएको चर्चा कार्यालय परिसरमा हुने गरेको छ ।