काठमाडौँ, २४ कात्तिक। काठमाडौँको मित्रपार्कस्थित Axa-Wai International Pvt.ltd. नामक कन्सल्टेन्सीका संचालकहरु सप्तरी विष्णुपुर गाउँपालिका–१ ठेगाना बताउनेवर्ष ३० कोअशोक कुमार यादव र जिल्ला रौतहट बिजयापुर नगरपालिका–५ घर बताउने वर्ष ३८ की इश्वरी शिवभक्त्ति यादवले जिल्ला रुपन्देही निलोत्तमा नगरपालिका वडा नं–८ घर भएको विवेक भुषाल सहित ४ जना व्यक्तिहरुलाई क्यानडा, टर्की, मकाउलगायतका देशहरुमा राम्रो रोजगारीको प्रलोभन देखाई प्रति व्यक्ति ३ देखि ४ लाख रकम लिएर ठगेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
लामो समयसम्म पनि विदेश पठाउनेतर्फ कुनै चासो नदेखाएको र उक्त कन्सल्टेन्सीले शिक्षामन्त्रालयबाट लिनु पर्ने स्वीकृत समेत नलिएको, शैक्षिक परामर्शको लागि खोलिएको संस्थाबाट वैदेशिक रोजगारको लागि क्यानडालगायतका देशहरुमा पठाउछु भनि रकम ठगी गरेको भनि महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी परेपछि उनीहरु पक्राउ परेका हुन् ।
सो कन्सल्टेन्सीका ठग संचालकहरुलाई प्रहरीले खोजतलास गर्ने क्रममा २०७४ कात्तिक २२ गते महाराजगंजबाट पक्राउ गरेर थप अनुसन्धान तथा कारबाहीको लागि संचालक दुबै जनालाई महानगरीय प्रहरी परिसर काठमाण्डौमा पठाईएको खबर छ । साथै निजहरुले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ ।
मुलुकी ऐन ठगीको महल अनुसार, झुक्याई, विश्ववासमा पारी ठगी गरेमा कसुरको मात्रा हेरी बिगो भराई बिगो बमोजिमको जरिवाना र पाँच वर्ष सम्म कैंद हुने छ ।



