काठमाडौं, १८ फागुन : गर्भपतन अर्थात् मिसक्यारेज जो कसैको लागि पनि एक भयानक पीडादायी अनुभव हुनसक्छ । केवल आमा बन्ने महिला मात्र नभएर दुबै पार्टनरले मिल्न लागेको सुनौलो चिनो गुमाउने गर्दछन् ।
त्यसो त गर्भपतन केही न केही कारणले हुनसक्छ तर कोहीकोहीलाई गर्भपतनको कारणबारे जान्ने इच्छा हुनसक्छ । गर्भपतनका सम्भावित कारणहरु यी हुनसक्छन्-
अस्वभाविक मोटोपन

गर्भधारणको समयमा शरीरिक स्वास्थ्यमा धेरै असर पर्ने गर्दछ । यो दौरान विशेषगरी महिलाहरु मोटोपनको शिकार हुने गर्दछन् । अर्थात् गर्भावस्थामा अस्वभाविक रुपमा मोटाउनु भनेको गर्भपतनको खतरा कयौं गुणाले बढ्नु हो । एक रिपोर्टका अनुसार, धेरै महिला गर्भावस्था भन्दा पहिले नै मोटोपनको शिकार हुने गर्दछन् र गर्भावस्थाको दौरान मोटाउँदा अझ खतरा बढ्ने गर्दछ ।
मद्यपान र धुम्रपान

धेरै महिलामा मद्यपान र धुम्रपानको नराम्रो लत हुने गरेको छ । यदि गर्भावस्थाको समयमा पनि महिलाहरुले यो बानीलाई सुधार गर्दैनन् भने त्यो बानी नै गर्भपतन कारण बन्न सक्छ । सूर्तिजन्य र अल्कोहलयुक्त पदार्थको सेवनले भूण्रलाई नोक्सान पुर्याउने गर्दछ ।
डायबिटिज

यदि गर्भावस्थाको समयमा डायबिटिजको समस्या देखियो भने तुरुन्त उपचारमा ध्यान दिनुपर्छ, किनकि डायबिटिजले गर्भावस्थालाई नराम्रो असर गर्दछ । यसको खतरा गर्भपतन मात्र नभई जन्मिने बच्चामा जन्म दोषका साथै अरु विकृति पनि हुनसक्छ ।
हार्मोन्समा गडबडी

यदि आमा बन्ने महिलामा कुनै पनि प्रकारको हर्माेन्ससँग जोडिएको समस्याले गर्भावस्थामा समस्या निम्त्याउन सक्छ । खाशगरी प्रोजेस्टेरन हर्माेनको सिक्रिशनमा कमी हुँदा भू्रणको इम्प्लान्ट हुन पनि मुश्किल हुन्छ र यसले गर्भपतन निम्त्याउन सक्छ ।
असामान्य क्रोमोजोम

जीन र क्रोमोजोमको असामान्य स्थितिको कारण पनि गर्भपतन हुने गर्दछ । यसको अलावा गर्भाधारण गर्ने महिलाको उमेर ३५ भन्दा माथि हुनु, आसपासको वातावारण प्रदूषित जस्ता नकारात्मक चीजले पनि गर्भपतनको खतरा बढ्ने गर्दछ ।
गर्भपतनको सामान्य लक्षण–

स्पटिंग
क्रैम्प्स
धेरै ब्याकपेनको समस्या
वजाइनल डिस्चार्ज
यदि गर्भाधारण गरेको महिलामा यस्तो लक्षण देखिने बित्तिकै चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ । (एजेन्सी)




