🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

छात्रवृत्ति अक्षयकोषका लागि मन्त्री पुनको ५ लाख सहयोग

रोल्पा, १३ फागुन : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आफूले अध्ययन गरेको विद्यालयमा स्थापना गरिएको छात्रवृत्ति अक्षयकोषका लागि रु ५ लाख सहयोग गरेका छन् । 

 
रोल्पा सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चले स्थापना गरेको रु १ करोडको अक्षयकोषका लागि मन्त्री पुनले सो रकम सहयोग गरेका हुन् । विसं २०४२ देखि आफूले माध्यमिक तहमा अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा निकै खुशी लागेको उनले बताए ।  

छात्रवृत्तिले गरीब, जेहेन्दार द्वन्द्वपीडित र अपाङ्गता भएका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने मन्त्री पुनले विश्वास व्यक्त गरे । जिल्लाको नमूना माविको थप विकास र स्तरवृद्धिका लागि पूर्वविद्यार्थीले खेलेको भूमिकाको प्रशंसा गर्दै उनले विद्यालयलाई देशकै नमूना बनाउन आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

शिक्षाका लागि अझै पनि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको बताउँदै मन्त्री पुनले जिल्लाभित्रै गुणस्तरीय प्राविधिक शिक्षालयको स्थापना गर्न आफू लागिपरेको उल्लेख गरे । (रासस)