🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

तनावका कारण नशालु पदार्थ सेवन गर्ने किशोर किशोरीको संख्या बढ्दो

लण्डन, २ फागुन :  बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरु मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ । 

बुधबार सार्वजनिक भएको एक अध्ययन प्रतिवेदनमा तनाव र आत्महत्याको खतरा बढ्दै गएपछि उनीहरुले नशालु पदार्थहरु सेवन गर्ने गरेको पाइएको उल्लेख छ । अक्सफोर्ड विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले ७ प्रतिशतको दरले किशोर किशोरीहरुमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ देखाएका छन् । 

अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरुको संख्या अमेरिकामा झण्डै ४ लाख रहेको छ भने बेलायतमा ६० हजार र क्यानडामा २५ हजार रहेको छ । यस अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरुले झण्डै १५ बर्षदेखिको ११ ओटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनहरुको समेत विश्लेषण गरेको जनाएका छन् । 

उनीहरुले अध्ययनका क्रममा २३ हजार ३ सय १७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख गरेका छन् । (रासस/एजेन्सी)