🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

धौलागिरी अञ्चल अस्पतालमा चिकित्सक आवास भवन निर्माण

गलकोट, २ फागुन : धौलागिरी अञ्चल अस्पताल बागलुङले सेवारत चिकित्सकहरुका लागि चिकित्सक आवास भवन निर्माण गरेको छ । रु १ करोड ४६ लाख २९ हजारको लागतमा निर्माण भएको दुईतले पक्की भवनमा चार परिवार बस्न मिल्ने धौलागिरी अञ्चल अस्पतालले जनाएको छ । 

दरबन्दीअनुसारका चिकित्सक नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धवलागिरि अञ्चल अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले बताए ।  

१ मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको भवनसहित १६ चिकित्सकलाई आवास तयार भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले बताए । अस्पतालले थप चिकित्सक आवाससमेत निर्माण गर्न थालिरहेको गौतमले जानकारी दिए । 

अस्पतालमा चिकित्सक नबस्ने परिपाटी चलिरहेको अवस्थामा सुविधासम्पन्न आवास निर्माण भएसँगै सेवारत चिकित्सकहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ । (रासस)