🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

सात वटा टिपर जलाइएपछि  पूर्वका टिपर व्यवसायी आन्दोलित

उर्लाबारी, १८ माघ  : माघ १४ गते सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सात वटा टिपरमा गरिएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् । 

आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी सङ्घको आयोजनामा आज टिपर व्यवसायीले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका र बूढीगङ्गा गाउँपालिकाको सिमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव भएको थियो । 

विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सयभन्दा बढी टिपर सहभागी थिए । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोशी राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन् । 

माघ १४ गते  सोमबार बिहान सुन्दरपुरहरैँचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयवासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् । 

सङ्घर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाए  । उनले निर्बाधरुपमा सडकमा कुद्न पाउनुपर्ने, सुन्दरहरैँचामा जलाइएका टिपर व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनेको पहिचान गरेर कारवाही गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेको जानकारी दिए  । (रासस)