🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’

काठमाडौं, ११ माघ । नेपालका लागि भारतीय राजदुत मञ्जिभ सिंह पुरीले वीरगन्ज–रक्सौलमा हालै सञ्चालनमा आएको ‘ईन्ट्रिगे्रटेड चेक पोष्ट’ ले वस्तु तथा सामाग्री आदान–प्रदानमा ठूलो सहयोग पुगेको बताएका छन ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको  अन्तरक्रिया कार्यक्रममा राजदुत पुरीले आगामी दिनमा यस्तै चेक पोष्ट नेपालगञ्ज, भैरहवा, विराटनगर र काँकडभिट्टामा पनि सथापना गरिने बताए  ।

त्यस्तै उनले पछिल्लो समय भारत–नेपाल बस सेवा पनि अत्यन्तै प्रभावकारी रुपमा सञ्चालनमा आएको सुनाए । काठमाडौं–दिल्लीमात्रै नभएर अहिले काठमाडौं–बोद्यगया, जनकपुर–अयोध्या, जनकपुर–पट्ना, नेपालगञ्ज–लखनउलगायतमा सिधा बस सेवा सञ्चालनमा रहेको बताउदै अहिले आउने–जाने दुवै बस भरिभराउ हुने गरेको पनि उनले सुनाए । पुरीले भने,‘अहिले त बसको टिकट पनि अग्रिम बुकिङ गर्नुपर्ने अवस्था छ ।’

नेपाल–भारत द्धिपक्षीय सम्बन्धको केन्द्रविन्दु नै जनता–जनताबीचको सम्बन्ध रहेकोले आफूहरुले यसप्रति निकै महत्व दिँदै आएको पनि उनले सुनाए ।

राजदुत पुरीले आगामी फेब्रुअरीको अन्तिमबाट सुरु भएर मार्चभरि  नेपालको काठमाडौं र अन्य शहरहरुमा ठूलो सांस्कृतिक महोत्सव आयोजना लागिएको पनि जानकारी गराए ।

सञ्चारकर्मीहरुकाे प्रश्नमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कहिले बुझ्नुहुन्छ भनेर सोधेको प्रश्नमा उनले आफू यसको सदस्य नभएकोले यसबारेमा कुनै प्रतिक्रिया दिननसक्ने स्पष्ट पारे । उनले भने,‘म ईपिजीमा आवद्ध छैन । यो आँफैमा अटोनमस बडी हो । नेपालबाट डा. भेषबहादुर थापाले ईपिजीको नेतृत्व गर्नुभएको छ । म यसको जवाफ दिन सक्दिन् ।’