🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक, ८ फागुन : नेकपा एकीकृत समाजवादी पार्टीका पोलिटब्युराे सदस्य विदुर सापकोटाको निधन भएको छ ।

मृर्गौलासम्बन्धी रोगबाट पीडित ५८ वर्षीय सापकोटाको उपचारका क्रममा आज  बिहान ३:४५ बजे चाबहिलको  हेल्पिङह्यान्ड अस्पतालमा निधन भएको हो ।

उहाँले तत्कालीन पञ्चायती शासन विरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीति मार्फत २०४६ सालको प्रथम  जनआन्दोलनमा महत्वपूर्ण भूमिका समेत खेल्नु भएको थियो ।

तत्कालीन नेकपा एमालेको लामो समयसम्म सचिवको जिम्मेवारीमा रहनुभएको उहाँले २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रेबाट चुनिनुभएको थियो । पछि नेकपा एमाले विभाजन भई एकीकृत समाजवादीमा जानुभएको उहाँ  पोलिटब्युरो सदस्य हुनुहुन्थ्यो ।

उहाँको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजे देखि १० बजेसम्म राखेर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ ।