🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

बबिनाको स्वर, संगीत तथा शब्दमा ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

काठमाडौंः चर्चित गायिका बबिना भट्टराईले आफ्नो स्वर, संगीत तथा शब्दमा सुमधुर एवं मार्मिक गीत ‘बिर्सिएर तिमीलाई’ सार्वजनिक गरेकी छिन्। यो गीत उनको अफिसियल युट्यूब च्यानलबाट सार्वजनिक भएको हो।

गीतको शब्द र संगीतमा बबिना भट्टराईको अनमोल योगदान रहेको छ, जसमा उनले प्रेम र वियोगका भावनाहरुलाई अनाैठाे तरिकाले प्रस्तुत गरेकी छिन्। गीतका केही प्रमुख बोलहरू यस प्रकार छन्:

“बिर्सिएर तिमीलाई बाँच्न कहाँ सकुँला र म,
रुवाएर तिमीलाई हाँस्न कहाँ सकुँला र म,
बाध्यताले टाढै भए पनि
तिम्लाई छोडी अन्तै नाता गाँस्न कहाँ सकुँला र म…”

यस गीतमा प्रेम र वियोगको भावनाले मर्मस्पर्शी अनुभव उत्पन्न गर्दछ। गीतकारले प्रेममा परेको द्वन्द्व र दूरीका कारणका असमझदारीको बीचमा, एकअर्का मनका गहिरा भावनाहरूलाई व्यक्त गरेका छन्। बाध्यताले टाढा भएका प्रेमिल हृदयहरूले कसरी एक अर्कालाई भूल्न नसक्ने र तिनीहरूका मनमा समेटिएको प्रेमलाई कसरी भनेको जस्तो जोडिएका छन्, यस गीतमा पोखिएको छ।

गीतमा प्रेम र बाध्यताबाट टाढा जाने तर मनका गहिरा भावनाहरूमा शान्ति नपाउने कुरा प्रस्तुत गरिएको छ। गीतको अर्को प्रमुख अंश यस प्रकार छ:

“कहिले नजिक, कहिले टाढा जिन्दगीको खेलै यस्तै,
सुख, दुःख जिन्दगीका रङ्गहरू बेग्लै बेग्लै…”

यहाँ जीवनका उतारचढाव र प्रेमको जटिलतासँग जुझिरहेको एक प्रेमीको मनोभावलाई शाक्य रूपमा प्रस्तुत गरिएको छ।

गीतको संगीत एरेन्ज साहस शाक्यले गरेका छन् भने मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको रहेको छ। गीत रेकर्ड गर्ने काम नकुल कार्की द्वारा म्युजिक नेपाल स्टुडियोमा गरिएको हो। गीतमा नोभा ठकुरीले गितार र भरत बुढाथोकीले मादलको सुमधुर धुन भरेका छन्।

गीतको भिडियोमा बिना राउत, शिवजी क्षेत्री, र नविन लुहागुनको अभिनय देख्न सकिन्छ। भिडियोलाई शिवजी क्षेत्रीले निर्देशन र कोरियोग्राफी गरेका हुन् भने सम्पादन र कलर सांग्रिला स्टेशनमा विनोद वमले गरेका छन्।

यस गीतको सन्देश भनेको प्रेम र बाध्यता बीचको द्वन्द्व हो। बबिना भट्टराईले यस गीतमार्फत प्रेममा भएका जटिलता र सम्बन्धका विभिन्न पाटोहरूलाई समेटेर श्रोतालाई मार्मिक अनुभव दिएकी छिन्। यो गीतमा पुनर्मिलनको आशा पनि छ, जसले प्रेमका प्रतिकूल परिस्थितिमा पनि मनको गहिराईमा रहेको प्रेमलाई जीवन्त राख्ने कुरा जोड दिएको छ।

बबिना भट्टराईले आफ्नो संगीत यात्रामा विभिन्न भजनहरू र सुमधुर गीतहरूमा पनि स्वर दिइसकेकी छिन्। उनले ‘चारु’ गायन र संगीतमा आफूलाई पहिलो चारु गायिका तथा संगीतकारको रूपमा स्थापित गरिसकेकी छिन्।

‘बिर्सिएर तिमीलाई’ गीतले एक नयाँ सन्देश र गहिराइ प्रस्तुत गर्दै, बबिना भट्टराईलाई संगीत क्षेत्रको एक नयाँ उचाईमा पुर्याएको छ।

यस गीतको मर्मलाई श्रोताले गहिरोसँग महसुस गर्न सक्नेछन्।