काठमाडौँ, ३१ असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।
काठमाडौँमा जारी आठाँै विश्व सम्मेलनमा निवर्तमान अध्यक्ष शेष घलेकी पत्नी अध्यक्षकी उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन् । भट्टले एक हजार १९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने मात्र ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ । आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन गरेर सबैसंग सौहार्दपूर्वक विदा हुनु पर्ने शेष घलेले घमन्ड गरेर पत्नीलाई अध्यक्षको उम्मेदवार बनाएकाले गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षबाट घलेको विदाई सौहार्दपूर्ण नहुने भयो।
आफ्नी श्रीमतीलाई निर्वाचनमा उठाउनै थियो भने अध्यक्ष बाहेक अन्य पदमा उठाएर भविश्यका लागि अध्यक्षको उम्मेदवार तयार गरेको भए घलेको दुवै हातमा लड्डु हुने थियो। धनको तुजुकले सौहार्दपूर्वक गर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए)को निवर्तमान अध्यक्ष शेष घलेको विदाई साह्रै नमीठो तरिकाले हुने भयो।
घलेले जिन्दगीभर तुष समेत बोक्नु पर्ने ठूलो गल्ती गरेको टिप्पणी गैरआवासीय नेपाली संघ (एनआरएनए)का मतदाताहरुले गरेका छन्। पारिवारिक मोहले गर्दा निवर्तमान अध्यक्ष शेष घलेको प्रतिष्ठामा समेत आंच पुग्न गयो भने गैरआवासीय नेपाली संघ (एनआरएनए)संग नाता सम्बन्ध पनि सौहार्द नहुने भयो। र. संधै आलोचनाको पात्र पनि बनिरहने भए।



