🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

पोखरामा निषेधित क्षेत्र तोडेर रास्वपाका कार्यकर्ताद्वारा आज पनि नाराबाजी

 पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आज पनि निषेधित क्षेत्र तोड्दै पोखराको शहीदचोकस्थित शहीद पार्कभित्रबाट नाराबाजी गरेका छन् । 

पार्टी सभापति रबि लामछिानेलाई जिल्ला अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा लैजाने क्रममा शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले सरकारवरिुद्ध नाराबाजी गरेका हुन् ।  

उनीहरुले लामिछानेलाई मंगलबार पनि अदालतबाट प्रहरी हिरासतमा फिर्ता लैजाने क्रममा निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री केपी शर्मा र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाका बिरुद्ध चर्को नाराबाजी गरेका थिए । आज पनि रास्वपाका नेता तथा कार्यकर्ताहरुले नाराबाजी गर्न सक्ने कुरालाई ध्यानमा राखेर प्रहरीले निषेधित क्षेत्र प्रवेशमा कडाइ गरेको थियो ।  

निषेधित क्षेत्र प्रवेश गर्न चाहने, पत्रकार संचारकर्मी,  कानून ब्यबसायी र कर्मचारीलाई परचिय पत्र देखाउन अनिवार्य गरीएको थियो । यद्यपि निषेधित क्षेत्रभित्र नै पर्ने शहीदपार्कमा जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुले रबि लामिछानेलाई प्रहरी हिरासतमा फर्काउँदै गर्दा नाराबाजी गरेका थिए । त्यस अघि प्रहरीले पार्कभित्र जम्मा भएका रास्वपाका नेता तथा कार्यकर्ताहरुलाई पार्क भित्रबाट हटाउने प्रयास गरेको थियो तर रास्वपाका नेता तथा कार्यकर्ताहरुले विरोध गरेका थिए ।  

यसैबीच प्राप्त जानकारी अनुसार, सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जारी रहेको थुनछेक बहस अन्तिम चरणमा पुगेको छ । अन्य प्रतिवादीहरुको थुनछेक बहस सकिएको र बिहिबार जिल्ला सरकारी वकीलको कार्यालयका तर्फबाट प्रत्युत्तर आएपछि बिहिबार नै उक्त प्रकरणमा अदालतको तर्फबाट आदेश आउन सक्ने धेरैले अनुमान गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता उत्तम प्रसाद पौडेलले बिहिबार साँझसम्म आफ्नो पार्टी सभापति हिरासतमुक्त हुने दाबी गरे ।