🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ

काठमाडौँ । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् । सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सिमित हुदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।

उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधै ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् ।

उनले भनेकी छन् ।

साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।

साम्बा व्यावसायिक फुटबल खेल्न विहिबार बिहान नै पेरिसतर्फ लागेकी छन् । उनी फ्रान्सको ए डिभिजन महिला लिग क्लब एन अभान्ट गुइनगाम्पबाट खेल्ने गर्दछिन् ।