üåû
मौसम
काठमाडौं...
मिति
वार
नेपाल समय
üí∞ सुन: Rs.296,900/तोला ‚îÇ ‚ö™ चाँदी: Rs.4,960/तोला ‚îÇ üí∏ रेमिट्यान्स दर तुलना ‚îÇ üí± विनिमय दर लोड हुँदैछ... ‚îÇ ‚õΩ पेट्रोल: Rs.219/L ‚îÇ ü•¶ तरकारी भाउ
‚ñ≤ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ‚ñ≤
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com

त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग

कीर्तिपुर (काठमाडौँ), १२ माघः त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले परीक्षासम्बन्धी कामका लागि देशका जुनसुकै कुनाबाट पनि काठमाडौँ नै आउनुपर्ने अवस्था अन्त्य गर्न माग गरेका छन् ।

विश्वविद्यालयका स्ववियु सभापति दीपकराज जोशीका अनुसार विश्वविद्यालयलले परीक्षा प्रणाली विकेन्द्रीकरण नगर्दा मौका परीक्षा तथा स–साना कामका लागि पनि काठमाडौँ नै आउनुपर्ने विद्यार्थीको बाध्यता रहेको छ । “खासगरी दुर्गमका र कमजोर शारीरिक अवस्थाका विद्यार्थी यसबाट बढी पीडित छन्”, उहाँले भन्नुभयो ।

मागबारे ध्यानाकर्षण गराउन आजदेखि परीक्षा नियन्त्रण कार्यालयको प्रवेशद्वारमा धर्ना सुरु गरिएको सभापति जोशीले जानकारी दिनुभयो । यसको समाधानका लागि कम्तीमा आफ्ना प्रदेश भित्रै परीक्षा दिन पाउने व्यवस्था हुनुपर्ने विद्यार्थीको माग छ ।

“विश्वविद्यालय एप चलाउन पटक–पटक भन्यौँ, तर अहिलेसम्म भएको छैन । त्रिविको परीक्षा नियन्त्रण कार्यालय समयअनुरुप डिजिटल हुन नसक्नु र काठमाडौँ केन्द्रित संरचनाका कारणले विद्यार्थीले अनावश्यक दुःख पाइरहेका छौँ”, स्ववियु सदस्य प्रदीप कार्कीले भन्नुभयो । पहिलेभन्दा केही सुध्रिए पनि अधिकांश नतिजा ढिलो आउने गरेको उहाँको भनाइ छ ।

विद्यार्थीले हरेक प्रदेशमा मौका परीक्षा केन्द्र, परीक्षा प्रणालीको पुनःसंरचना, शोधपत्रको मूल्याङ्कन प्रदेशमै, समयमै परीक्षा र समयमै नतिजाको सुनिश्चितता, पूर्ण डिजिटल प्रणाली, प्रमाणपत्र वितरणको विकेन्द्रीकरण तथा पुनः योग र पुनःपरीक्षणको सुदृढीकरण जस्ता माग राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *