🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

टोस्टमास्टर्स फुटसल लिग कप २०८३ को घोषणा, वैशाख ५ देखि सुरु हुने

काठमाडौं । टोस्टमास्टर्स फुटसल लिग कप २०८३ आगामी वैशाख ५ गते (अप्रिल १८, २०२६) देखि आयोजना हुने भएको छ । प्रतियोगिताको औपचारिक घोषणा शनिबार काठमाडौंमा गरिएको हो ।

टोस्टमास्टर्स समुदायअन्तर्गत आयोजना हुन लागेको यस लिगले खेलसँगै नेतृत्व विकास, प्रभावकारी सञ्चार र टिमवर्कलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार, प्रतियोगितामा ८ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीहरूमा अथर्वा, अग्नि स्कर्पियन्स, काठमाडौं लेजेन्ड्स, डीबी अट्याकर्स, ह्वाइटहाउस वारियर्स, एस्प्रेसो बाई बी एन्ड जी, थ्री टाइटन्स र पोर्ट एजुकेसन रहेका छन् ।

प्रतियोगितालाई दुई समूह (ग्रुप ‘ए’ र ‘बी’) मा विभाजन गरिनेछ । प्रत्येक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् भने त्यसपछि फाइनल खेलमार्फत विजेता घोषणा गरिनेछ ।
आयोजकका अनुसार, यो कप प्रतियोगिताले आगामी असार/साउन (जुलाई २०२६) मा हुने मुख्य टोस्टमास्टर्स फुटसल लिगका लागि आधार तयार गर्नेछ । मुख्य लिगमा टोलीहरूले विभिन्न चरणमा प्रतिस्पर्धा गर्नेछन् र सर्वाधिक अंक ल्याउने टोलीलाई विजेता घोषणा गरिनेछ ।

प्रतियोगितामा विभिन्न संघसंस्थाको साझेदारी रहेको छ । शीर्ष प्रायोजकका रूपमा अन्तर्राष्ट्रिय प्रविधि कम्पनी रहेको छ । त्यस्तै, महालक्ष्मी विकास बैंक र नेपाल स्टेम एलायन्स सह–प्रायोजक (पावर्ड बाइ पार्टनर) रहेका छन् ।

यसैगरी, देभ कलेज भेन्यू पार्टनर, ट्रान्क्विलिटी स्पा वेलनेस पार्टनर, रियल जुस बेभरेज पार्टनर, कफी वाला एजेन्सी क्रिएटिभ पार्टनर, क्लासिको स्पोट्र्सवेयर जर्सी पार्टनर, एक र शून्य टेक पार्टनर, ह्वाइट हेभन एकेडेमी ग्राउन्ड पार्टनर रहेका छन् ।

स्वास्थ्य सेवातर्फ नेपाल मेडिसिटी अस्पताल मेडिकल पार्टनर तथा जोइन्ट एम्बुलेन्स ड्राइभर्स एसोसिएसन मेडिकल रेस्पोन्स पार्टनरको रूपमा रहेका छन् । त्यस्तै, फोन स्टोर र डेनारा ब्याग्स गिफ्टिङ पार्टनरका रूपमा सहभागी छन् ।

आयोजकले सशक्त साझेदारी र सहभागी टोलीहरूको उत्साहजनक उपस्थितिका कारण प्रतियोगिता थप रोमाञ्चक हुने अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *