🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कर्मचारीतन्त्र : विश्वका रोचक र घोचक कुरा-जहाँ कागजको चाङ अग्लो, त्यहाँ बुद्धिको स्तर होचा !

(नेपालमा २०८२ चैत १३ गते शुक्रबारबाट नेपालमा अत्याधिक बहुमत प्राप्त दल रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएको अवस्था छ । नयाँ सरकार गठन पश्चात नेपालीको मन उद्वेलित भएको अवस्था छ । नयाँ सन्दर्भमा निजामती क्षेत्र कुन र कस्तो मानसिकताले अघि बढ्ला ? सर्वत्र जिज्ञासा पनि उत्पन्न भएको छ । यसै सिलसिलामा साँघुले विश्वका कर्मचारीतन्त्रका भनाइ र गराइ सम्बन्धी रोचक र घोचक सामग्री पस्केका छौं–संपादक)

१. “कर्मचारीतन्त्र भनेको यस्तो संयन्त्र हो, जसले गल्ती नगर्ने एउटै मात्र उपाय जान्दछः केही पनि नगर्ने ।’’

मर्मः यो भनाइले कर्मचारीतन्त्रमा व्याप्त ‘जोखिम नमोल्ने’ प्रवृत्तिको चित्रण गर्दछ । कर्मचारीहरू कारबाहीबाट बच्नका लागि नयाँ काम गर्नुभन्दा कामलाई पन्छाउन वा अल्झाउन रुचाउँछन् ।
२. “कर्मचारीतन्त्रले हरेक समाधानका लागि एउटा समस्या फेला पार्छ ।’’

मर्मः साधारणतया समस्या सुल्झाउन संयन्त्र बनाइन्छ, तर कर्मचारीतन्त्रमा एउटा सानो काम सुल्झाउन पनि नयाँ नियम, नयाँ फारम वा नया“ अवरोध खडा गरिन्छ ।

३. “जहाँ कागजको चाङ अग्लो हुन्छ, त्यहाँ बुद्धिको स्तर होचो हुन्छ ।’’

मर्मः यो भनाइले ’लालफिताशाही’ (Red Tape) लाई प्रहार गर्दछ । धेरै कागजी प्रक्रिया हुनुको अर्थ काम हुनु होइन, बरु कामलाई जटिल बनाउनु मात्र हो भन्ने यसको आशय हो ।

४. “कर्मचारीतन्त्रमा फाइलहरू मात्र सर्छन्, मानिसका समस्याहरू होइनन् ।’’

मर्मः यो भनाइ नेपाल र भारतजस्ता दक्षिण एसियाली देशहरूमा धेरै लोकप्रिय छ । यसले सरकारी कार्यालयमा फाइल एक टेबुलबाट अर्कोमा पुगे पनि सेवाग्राहीको वास्तविक पीडा जहाँको त्यहीँ रहने अवस्थालाई देखाउँछ ।

५. “नरक भनेको यस्तो कट्टर ठाउँ हो, जहाँ कर्मचारीहरू जर्मनका, प्रहरीहरू फ्रान्सका र प्रेमीहरू स्वीजरलैण्डका जस्ता कट्टर हुन्छन् ।’’

मर्मः यो एउटा युरोपेली ठट्टा हो । यसले जर्मन कर्मचारीतन्त्रको ’अत्यधिक कठोरता र नियमको दास’ हुने प्रवृत्तिलाई व्यङ्ग्य गर्छ, जहाँ नियमका अगाडि मानवीय संवेदना गौण हुन्छ ।

६. “कुनै पनि कुरालाई सधैंका लागि गाडिदिनु छ भने, त्यसलाई अध्ययन गर्न एउटा सरकारी समिति बनाइदिनुस् ।’’

मर्मः यो भनाइले सरकारी जाँचबुझ समिति वा कार्यदलहरूको ढिलासुस्तीलाई चित्रण गर्छ । कुनै पनि ज्वलन्त मुद्दालाई टार्नुप¥यो भने ’समिति’ गठन गर्ने विश्वव्यापी कर्मचारीतन्त्रात्मक चलन छ ।

७. “कर्मचारीतन्त्र एउटा ठूलो गोलो ढुङ्गाजस्तै हो; यसलाई गुडाउन धेरै बल चाहिन्छ, तर एकचोटि गुड्न थाल्यो भने यसलाई रोक्न झनै गाह्रो हुन्छ ।’’

मर्मः यसले कर्मचारीतन्त्रको ‘जडता’ (Inertia) लाई बुझाउँछ । कुनै नयाँ नियम लागू गर्न वर्षौं लाग्छ, तर एक पटक खराब नियम बस्यो भने त्यसलाई हटाउन असम्भवजस्तै हुन्छ ।

८. “कर्मचारीतन्त्र एउटा यस्तो ठाउँ हो, जहाँ समय बिताउन पैसा दिइन्छ, काम गर्न होइन ।’’

मर्मः यो भनाइले ‘कार्यसम्पादन’ (Performance) भन्दा पनि ’उपस्थिति’ (Attendance) लाई बढी महत्त्व दिने प्रवृत्तिलाई व्यङ्ग्य गर्छ । १० देखि ५ बजेसम्म कुर्सी ओगट्नुलाई नै काम मानिने प्रवृत्तिमाथि यो ठूलो प्रहार हो ।

९. “नियम भनेको कर्मचारीतन्त्रको सुरक्षा कवच हो † जब काम गर्ने क्षमता हुँदैन, तब नियमको किताब देखाइन्छ ।’’

मर्मः जब कुनै कर्मचारीलाई काम गर्न मन हुँदैन वा उनीहरू द्विविधामा हुन्छन्, उनीहरूले तुरुन्तै “नियममा यस्तो छैन“ भन्दै पन्छिने गर्छन् । नियमलाई सहजकर्ताका रूपमा होइन, अवरोधका रूपमा प्रयोग गरिन्छ ।

एउटा रमाइलो सत्यः

भनिन्छ–“कर्मचारीतन्त्रको विस्तार हुनुको एउटै मात्र कारण आफैंलाई जीवित राख्नु हो ।’’ अर्थात्, यो एउटा यस्तो जीव हो जसले आफ्नै अस्तित्व जोगाउनका लागि नयाँ–नयाँ काम र पदहरू सिर्जना गरिरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *