🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वैदेशिक रोजगार मुद्दामा ‘सहजीकरण’का नाममा घुस लिँदै नासु रंगेहात पक्राउ

काठमाडौं, २०८२ चैत २७ । वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दाको प्रक्रियामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग्दै आएको आरोपमा वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंका एक कर्मचारी रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले विभागको अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत नायब सुब्बा हेम बहादुर मस्राङगीलाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

आयोगका अनुसार मस्राङगीले वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा मिलाइदिने र प्रक्रियामा सहजता गराइदिने बहानामा सेवाग्राहीसँग रकम माग गर्दै आएका थिए । सोही विषयमा परेको सूचना तथा उजुरीका आधारमा खटिएको टोलीले उनलाई सेवाग्राहीबाट रु. १५,००० घुस लिइसकेको अवस्थामा कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउका क्रममा मस्राङगीको साथबाट उक्त घुस रकमसहित स्रोत नखुलेको रु. ७७,६०० समेत बरामद गरिएको छ । यसरी कुल रु. ९२,६०० नगद र तीन थान मोबाइल समेत बरामद भएको आयोगले जनाएको छ ।

अख्तियारका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ । प्रारम्भिक अनुसन्धानबाट सेवाग्राहीलाई अनावश्यक दुःख हैरानी दिँदै व्यक्तिगत लाभ लिन खोजिएको देखिएको आयोगको भनाइ छ ।

वैदेशिक रोजगार जस्तो संवेदनशील क्षेत्रमा समेत कर्मचारीले घुस माग्ने प्रवृत्ति देखिनुले सेवाग्राहीको पहुँच र न्यायमा गम्भीर प्रश्न उठाएको छ । आयोगले यस्ता भ्रष्टाचारजन्य गतिविधिविरुद्ध निगरानी अझ कडा बनाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *