🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भ्रष्टाचार बढ्नुमा दोषी को ? राजनीतिक दल र कर्मचारीतन्त्र 

काठमाडौँ, १८ वैशाख  भ्रष्टाचार बढ्नुमा राजनीतिक दल र कर्मचारीतन्त्र दोषी देखिएको विभिन्न राजनीतिक दलका नेताले बताएका छन् । नेपाल विद्यार्थी क्लबले मंगलबार यहाँ आयोजना गरेको ‘नेपालमा भ्रष्टाचार नै छैन ?’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले राजनीतिक दल र कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचार रोक्ने हो भने भ्रष्टाचार धेरै कम हुनेछ भने ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले राजनीतिलाई समाज सेवा नभएर ठेकदारी प्रथा बनाएकाले भ्रष्टाचार बढेको उल्लेख गर्दै राजनीतिक पार्टीलाई नियमन गरेर भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिने बताए ।

पार्टीलाई नियमन गर्न संसद्बाट नै छुट्टै कानून बनाउन आवश्यक छ, उनले भने, “पार्टीको आर्थिक नियन्त्रण नीति बनाउन आवश्यक छ, त्यसो हुन सके मात्र पार्टीले गर्ने भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ ।”

नेपाली काँग्रेसका नेता मीनबहादुर विश्वकर्माले राजनीतिक दलले श्रम नगरेर भ्रष्टाचार गर्ने गरेको भन्दै श्रमको सम्मान नगर्दासम्म भ्रष्टाचार नै आयस्रोत बन्ने गरेको बताए ।

नेपालमा परिस्थितजन्य कारणले गर्दा भ्रष्टाचार हुने गरेको चर्चागर्दै उनले नेपाली समाज भ्रष्टाचारको उत्प्रेरकको रुपमा रहेको धारणा व्यक्त गरे ।

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेपालका राजनीतिक दलले भ्रष्टाचारविरुद्ध कहिल्यै कुरा उठाउन नसकेका कारण भ्रष्टाचार बढेको बताउँदै राजनीतिक दल र कर्मचारी प्रशासनमा जनताको निगरानी बढाई भ्रष्टाचारलाई नियन्त्रण गर्न सकिन्छ भने ।

विवेकशील साझा पार्टीका नेता गोविन्द न्यौपानेले राजनीतिक दलले नै भ्रष्टाचारलाई प्रश्रय दिएको बताए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले युवा विद्यार्थी नै भ्रष्टाचारविरुद्धको अभियानमा लाग्नुपर्नेमा जोड दिए ।