🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

भेप–सुन काण्डः महरा र सहसचिव पाेखरेलसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७.७८ करोड बिगो दाबी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमार्फत भेपभित्र सुन तस्करी प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुखसहित २० जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार कुल रु. ७ करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ १९ पैसा बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो ।

यस प्रकरणमा तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्ति प्रसाद श्रेष्ठ, अम्बिका प्रसाद खनाल, भन्सार अधिकृतहरू रमेश कुमार खतिवडा, सुबेन्द्र श्रेष्ठ, नायब सुब्बाहरू सुवर्णाप्रभा के.सी., भुवनराज घिमिरे, उमेश प्रसाद कोईराला, रेवन्त खड्कामधुसुदन पोख्रेल विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद र बिगोबमोजिम जरिवानाको माग गरिएको छ ।

त्यसैगरी, प्रतिनिधिसभाका पूर्वसभामुख कृष्ण बहादुर महरा, उनका छोरा राहुल (रेशम) महरा, निर्मल कुमार वि.क., लोकेन्द्र कुमार पौडेल, दिपेश बस्नेत, गोपाल सुवेदी, दिनेश बस्नेत, वेद प्रकाश अग्रवाल, राम केशव थापा क्षेत्री, अमृत कार्की, निमा गुरुङ, प्रेरणा थापा, ललिता थापा, दिपिका थापा, चिनियाँ नागरिक LI HANG SONG, DAOJING WANG, बेल्जियमका DAWA TSERING, भारतीय नागरिक साहेवराव पाण्डुरङ मरगले तथा DEXTER TRAVELS AND TOURS PVT. LTD. लाई मतियारको रूपमा मुख्य अभियुक्त सरह सजाय माग गरिएको छ ।

आयोगले सबै प्रतिवादीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ र १७ अनुसार कैद, जरिवाना तथा बिगो असुल गर्न माग गरेको छ भने प्रमुख भन्सार प्रशासक रहेका अरुण पोखरेललाई दफा २४ अनुसार थप सजायसमेत माग गरिएको छ ।

यो प्रकरणले भन्सार प्रशासनदेखि उच्च राजनीतिक तहसम्म फैलिएको संगठित भ्रष्टाचार र सुन तस्करी सञ्जाल उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *