🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बुध्दले थप्दै छ फेरि नयाँ विमान

 साँघुन्यूज डटकम/

काठमाडौं बैशाख ११ गते  । निजी क्षेत्रको सबैभन्दा ठूलो विमान सेवा प्रदायक कम्पनी बुध्द एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको बुद्ध एयरले जानकारी गराएको छ । बुद्ध एयरका अनुसार, नयाँ जहाजको कलसाइन 9N-AMU हुनेछ । एटीआरका अन्य विमानजस्तै यसमा पनि फराकिला सिट र लगेजका लागि पर्याप्त ठाउँ उपलब्ध हुनेछ । वातावरणीय तथा ध्वनि  प्रदूषणको हिसाबले एटीआर जहाज निकै किफायती भएको दावी पनि बुद्ध एयरले गरेको छ।  

 
काठमाडौंको त्रिभुवन विमानस्थलमा दिनानुदिन बढ्दो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरट्राफिकका कारण विशेषत: घरेलु उडानहरु समयमै उडान भर्न अप्ठयारो परिरहेको छ । यसबाट यात्रुसहित विमान कम्पनीलाई पनि निकै समस्या परेको छ । उडान ढिला हुनुमा अर्को मुख्य कारण खराब मौसम पनि हो ।
 

नयाँ जहाज आइसकेपछि अन्य विमानहरूको नियमित मर्मतसम्भार तथा उडानहरू परिचालन गर्न निकै सहज हुने कम्पनीले प्रेस विज्ञप्तिमा जनाएको छ ।

प्रदेश नं. २ को राजविराज विमानस्थलको स्तरोन्नती लगभग पूरा हुन लागेको छ । त्यहाँ विमानलाई तेल भर्नको लागि पनि बुध्द एयरले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको बताएको छ । आवश्यक तयारीपछि बुध्द एयरले एटीआर विमानबाट परीक्षण उडान भर्नेछ ।

 
यो जहाज आएपछि कम्पनीसँग ११ वटा जहाज हुनेछन् जसमा ७२ सिट क्षमताका ६ वटा एटीआर ७२–५००, ४२ सिट क्षमताका ३ वटा एटिआर ४२–३२० र १८ सिट क्षमताका २ वटा बीचक्राफ्ट १९०० डी रहेका छन् ।