🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी भ्रामक र झुटा प्रचार भइरहेको देउवाको दाबी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान सुरु भएको विषयमा सञ्चारमाध्यममा आएका समाचारप्रति प्रतिक्रिया दिएका छन् ।

देउवाले मिति २०८२ चैत २५ गते बुधबार साँझ सामाजिक सञ्जाल मार्फत उक्त विषयमा भ्रामक र झुटा प्रचार भइरहेको दाबी गरेका हुन् । उनले नेपालका कानुनअनुसार सार्वजनिक पदमा रहँदा आफ्नो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश गरिएको स्पष्ट पारेका छन् ।

उनले लोकतान्त्रिक शासन व्यवस्था, विधिको शासन, स्वतन्त्र न्यायपालिका तथा पारदर्शिताका पक्षमा आफूले जीवनभर संघर्ष गरेको उल्लेख गर्दै आफ्नो जीवन खुला पुस्तकजस्तै रहेको बताएका छन् ।

देउवाले भ्रष्टाचारमुक्त समाज निर्माण र सुशासन प्रवर्द्धनका लागि आफू गृहमन्त्री हुँदा २०४८ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र प्रधानमन्त्री हुँदा भ्रष्टाचार निवारण ऐन २०५९ लागू भएको पनि स्मरण गराएका छन् ।

हाल स्वास्थ्य उपचारका लागि विदेशमा रहेको जानकारी दिँदै उनले उपचार प्रक्रिया जारी रहेको बताए । साथै, समयक्रमसँगै वास्तविकता बाहिर आउने उल्लेख गर्दै अतिरञ्जित विवरणबाट भ्रमित नहुन सबैमा अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *