🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवनियुक्त महान्यायाधिवक्ता कँडेलले गरे पदबहाली

काठमाडौं । नवनियुक्त महान्यायाधिवक्ता डा.नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथ लिएसँगै आजै पदबहाली गरेका छन् ।

मिति २०८२ चैत २२ गते आइतबार कायममुकायम प्रधान न्यायाधीश सपना मल्ल प्रधान र कानुनमन्त्री सोविता गौतमबाट उनले सपथ ग्रहण गरेपछि पदबहाली गर्दै नेपालको फौजदारी न्याय प्रणालीको विकासमा योगदान दिने प्रतिबद्धता जनाए ।

कँडेलले आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै भने, ‘महान्यायाधिवक्ताको कार्यालयको प्रभुत्वसँग काम गर्ने अवसरको लागि सौभाग्य सम्झेको छु । हामी यो प्रभुत्व वर्गसँग मिलेर काम गर्दाखेरी नेपालको फौजदारी न्यायप्रणालीको विकासमा योगदान गर्न सकिन्छ भन्ने मलाई विश्वास लागेको छ।’

उनले संविधान र कानुनले निर्दिष्ट गरेको सीमाभित्र रही नेपाल सरकारलाई उपयुक्त कानुनी राय–सल्लाह प्रदान गर्ने र अभियोजन कार्यलाई वस्तुनिष्ठ तथा प्रभावकारी बनाउने बताए। साथै, नेपाल सरकारविरुद्धका मुद्दाहरूमा पनि प्रभावकारी प्रतिरक्षा गरिने उनको भनाइ छ।

‘नेपाल सरकारलाई संविधान र कानुनले निर्दिष्ट गरेको सिमाभित्र रहेर उपयुक्त राय सल्लाह दिने काम गर्छौ र मेरो कार्यकालमा पनि त्यही हुनेछ । हामीले फौजदारी कसुरमा अभियोग गर्नेक्रममा हामीले बस्तुनिष्ट भएर प्रभावकारीरुपमा अभियोजन गर्छौ । नेपाल सरकारका विरुद्ध लगाएका मुद्धाहरु पनि प्रभावकारीरुपमा प्रतिरक्षा गर्छौ,’ उनले भने ।

प्रधानमन्त्री बालेन्द्र शाह आज नै अधिवक्ता कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन्।

बेलायतबाट उच्च शिक्षा हासिल गरेका कँडेल नेपाल सरकारका प्रमुख कानुनी सल्लाहकारका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *