🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति, ३५० घरधुरी प्रभावित

बाजुरा । बाजुरामा पहिरोले रौदीगाड लघु जलविद्युत आयोजना पूर्ण रूपमा क्षति भएको छ । गौमुल गाउँपालिका—३ मा अवस्थित रौदीगाड लघु जलविद्युत आयोजना पहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको हो ।

हिउँदे वर्षापछि आएको पहिरोले आयोजनाको पावर हाउस माथिबाट पहिरो खस्दा ठुलो क्षति पु¥याएको हो । पहिरोले पावर हाउस मात्र नभई नहर समेत बगाएको उपभोक्ता समितिका सचिव भक्त विकले जानकारी दिए ।

संरचनामा क्षति पुगेसँगै अहिले विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको विकले बताएका छन् । २०६९ चैत २५ गते निर्माण सम्पन्न भएको उक्त आयोजना मार्फत करिब ३५० घरपरिवार लाभान्वित हुँदै आएका थिए । नहर र पावर हाउसमा क्षति भए पछि ३५० घरधुरी प्रभावित भएका छन् ।

वडा अध्यक्ष गोरख बोहराले तत्काल गौमुल सरकार, प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरी आवश्यक पहल गरिने बताएका छन्। स्थानीयलाई सेवाबाट वञ्चित हुन नदिन तत्काल समन्वय र सहकार्य गरी विद्युत् सेवा सञ्चालन गर्न पहल गरिने बताए ।

पहिरोका कारण संरचना सँगै उपकरणमा समेत क्षति पुगेको कर्मचारी भीम बहादुर रोकायाले बताए । विपतका कारण ठुलो क्षतिको सामना गर्नु परेको बताउँदै उनले तत्काल मर्मत तथा पुनः निर्माणका लागि सम्बन्धित निकायसँग पहलको माग गरिएको जानकारी दिए ।

बाजुरामा बर्सेनि बाढी पहिरोले ठूलो धनजनको क्षति गर्ने गरेको छ । विभिन्न आयोजनाका साथै यहाँका नौं वटै स्थानीय तहका अधिकांश गाउँ बस्ती पहिरोको उच्च जोखिम छन्। चैत्रमै पहिरो बग्न थालेपछि स्थानीय त्रसित समेत बनेका छन् । बाजुरामा झन्डै १३५ बढी गाउँबस्ती पहिरोको उच्च जोखिममा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *