🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

२७ लाखको ४७ तोला सुनसहित चार पक्राउ

काठमाडौँ, १३ चैत (रासस) : महानगरीय प्रहरी परिसरले ४७ तोला सुनसहित चार जनालाई पक्राउ गरेको छ । 

परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त गौशालाले आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली तस्करी गरेको आरोपमा धनुषाका महमद सेफुल्ला, सर्लाहीका रवी महतो, सिरहाका रामपुकार महतो र धनुषाका आशिष महतोलाई पक्राउ गरेको छ । 

जसमध्ये सेफुल्लालाई आइतबार र महतोत्रयलाई सोमबार गौशालाबाट पक्राउ गरेको हो । उनीहरुले कतारबाट अवैध रुपमा तस्करी गरेर सुन नेपाल ल्याएको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 

उक्त सुनको नेपाली मूल्य रु २७ लाख ४८ हजार ६७५ रहेको छ । पक्राउ परेका चारै जनालाई आज कानूनी कारबाहीका लागि राजश्व अनुुसन्धान विभाग पुल्चोक पठाएको परिसरले जनाएको छ । 
–––