🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

मदिरा पिएर सडकमा निस्किएका नौ चालक कारबाहीमा

काठमाडौँ, २१ चैतः मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले २०८२ चैत २१ गते बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् ।

उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उहाँले रासससँग भन्नुभयो, “हामीले  बिहान उपत्यकाका विभिन्न स्थानमा विशेष अभियानअन्तर्गत सप्राइज चेकिङ गरेका थियौँ । सार्वजनिक यातायातका साधनका नौ जना चालकलाई मादक पदार्थ सेवन गरेको सवारी हाँकेको अभियोगमा नियन्त्रणमा लिएका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *