🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

उर्लाबारीमा प्रहरीको ठूलो अपरेशन, ब्राउन सुगर–गाँजासहित दुई नियन्त्रणमा

उर्लाबारी (मोरङ), २०८२ चैत २१ गते । मोरङको उर्लाबारीमा प्रहरीले लागूऔषधविरुद्ध ठूलाे अपरेशन सञ्चालन गर्दै प्रतिबन्धित औषधि, ब्राउन सुगर र गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उर्लाबारी नगरपालिका–३ स्थित एक स्थानमा छापा मारेर सोही स्थानका ४३ वर्षीय योगेन्द्र तुङहाङ र ४४ वर्षीय कमल दाहाललाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न प्रकारका प्रतिबन्धित औषधिहरू २६ हजार ६५ पिस, ७ ग्राम ८९० मिलिग्राम ब्राउन सुगर, र २ किलो २३० ग्राम गाँजा बरामद गरिएको छ। साथै उनीहरूको साथबाट रु. २२ हजार २ सय ७० नगद, ३ थान मोबाइल फोन र प्र.१–०२–५९ प १८५९ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरू लामो समयदेखि उक्त क्षेत्रमा लागूऔषधको ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंका गरिएको छ। पक्राउ परेकाहरूले प्रयोग गरेको स्कुटरमार्फत लागूऔषध वितरण गर्ने गरिएको प्रहरी स्रोतको दाबी छ।

प्रहरीले बरामद गरिएको लागूऔषधको प्रकृति हेर्दा यो सञ्जाल स्थानीयस्तरमा मात्र सीमित नभई व्यापक नेटवर्कसँग जोडिएको हुनसक्ने संकेत देखिएको बताएको छ। त्यसका आधारमा थप अनुसन्धान अघि बढाइएको र यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाइएको छ।

पक्राउ परेकाहरूलाई लागूऔषध सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। साथै लागूऔषध नियन्त्रणका लागि प्रहरीको निगरानी र कारबाही अझ कडाइका साथ अघि बढाइने समेत जनाइएको छ।

साँघु समाचार विश्लेषण
उर्लाबारी क्षेत्रमा पछिल्लो समय लागूऔषध कारोबार बढ्दो अवस्थामा रहेको देखिँदा प्रहरीको यो कारबाहीलाई महत्वपूर्ण मानिएको छ।

विशेषगरी युवालाई लक्षित गरी सञ्चालन हुने यस्तो अवैध कारोबारले सामाजिक तथा सुरक्षा चुनौती थप्दै गएको अवस्थामा यस्ता अपरेशनहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता देखिएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *