🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परिवारको साथ लिएर आँखा शिविरमा आएका वृद्धवृद्धा उपचारपछि आफैँ घर फर्किए

पर्वत, १६ चैत : यहाँको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार ३५८ जना नागरिकको आँखा परीक्षण गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यही चैत ८ देखि १५ गतेसम्म सो शिविर सञ्चालन गरिएको थियो ।

आँखा जाँचका क्रममा ५१ जनामा मोतियाविन्दु देखिएको थियो । उनीहरूको हिमालयन आँखा अस्पतालका विशेषज्ञद्वारा शल्यक्रिया गरी आँखाको ज्योति फर्काइएको मोदी गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पहिले परिवारको सहारा लिएर शिविरमा आएका वृद्धवृद्धा आँखा उपचारपछि आफैँ घर फर्किन सक्ने भएका छन् । ”

मोदी गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेले लामो समयदेखि आँखाको ज्योति गुमाएर बस्नुभएका वृद्धवृद्धा यस शिविरबाट लाभान्वित भएको बताउनुभयो । वर्षौँदेखि आँखा नदेख्ने समस्या लिएर थलिएका वृद्धवृद्धा आँखाको ज्योति फर्किएपछि हर्षित बनेका छन् ।–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *