🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

“देउवाले रुखलाइ मलजल नगर्ने भएकोले बृक्ष झाङ्गिंदैन, बरु सुक्छ।”

काठमाडौं, फागुन ७ \\   जनताले पनि गहीरो अर्थलाग्ने प्रतिकात्मक बोल्नथाले।  सन्दर्भ हिजो साँझ बालुवाटारको हो।

प्रधानमन्त्री केपी ओलीले आफ्नो निवास बालुवाटार सार्ने भएकोले बालुवाटारमा स्वागतका लागि शुभेच्छुकहरु बाजागाजासहित बसेका थिए। स्वागतग्रहणपछि ओली गेटबाट मुख्य निवास प्रवेश नगरी प्रधामन्त्रीको स्वकीय सचिवालयतिर बढे।

सचिवालयको अघिल्तिर तीनपाते पीपलको बोट थियो। साँझ झमक्कै भैसकेको भएपनि ओलीले त्यही पीपलको विरुवा सुमसुम्याए, तुरुन्तै पानी मगाए र बिरुवामा पानी हाले।

डेढ बर्षअघि बालुवाटारबाट विदा हुने बेलामा ओलीले यो बिरुवा रोपेका थिए।
 

बिरुवा नबढेको देखेर भिडबाट केहीले सोधे, ‘डेढ वर्ष हुँदापनि यति सानै ?’

“देउवाले रुख-बृक्षलाइ मलजल गर्न छाडेका छन्। त्यसैले उनको अगाडी रुख, बृक्ष मौलाउँदैन, बरु सुक्छ”,  भिडबाटै कसैले तत्कालै उत्तर दिइहाल्यो

ओली केही बोलेनन्, मुसुमुसु हाँस्दै पीपलमा पानी हालेर निवास-भवनतिर लागे।