🌤
मौसम
काठमाडौं...
मिति
वार
नेपाल समय
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रोSANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
⚠️ राशिफल र शुभ साइत सामान्य जानकारीका लागि मात्र हो। सटीक जानकारीका लागि विज्ञसँग सल्लाह लिनुहोस्।
© साँघुन्युज पात्रोperu-wasp-494748.hostingersite.com

नेपाली सैनिक वार कलेजमा हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु

काठमाडौं । नेपाली सेनाको नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सुरु भएको छ ।

उक्त तालिमको शुभारम्भ बलाधिकृत रथी प्रदीप जंग के.सीले आइतबार (आज) गरेका हुन् । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको थियो ।

शुभारम्भ समारोहमा बलाधिकृत के.सीले तालिमले सहभागी अधिकृतहरूको पेसागत क्षमता, ज्ञान तथा आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

कुल ३५ जना महासेनानी दर्जाका अधिकृतहरूको सहभागिता रहेको यो तालिम नेपालमा सञ्चालन हुने उच्चस्तरीय तालिममध्ये एक मानिन्छ । वि.सं. २०७१ सालदेखि सञ्चालन हुँदै आएको यस तालिमबाट हालसम्म ३७५ जना अधिकृतहरू प्रशिक्षित भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *