🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एघार लाख बराबरको हुक्का फ्लेवर बरामद

परासी, चैत  । जिल्ला पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५, तरैनी क्षेत्रमा सशस्त्र प्रहरी बलको टोलीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको हुक्का फ्लेवर बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. बलिनगरबाट स.प्र.ना.नि. सत्यनारायण यादवको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले विशेष सूचनाका आधारमा चेकजाँच गर्ने क्रममा करिब रु. ११ लाख ९० हजार बराबरको हुक्का फ्लेवर नियन्त्रणमा लिएको हो।

बरामद गरिएको हुक्का फ्लेवर २४ कार्टुन (५९५० पिस) रहेको सशस्त्र प्रहरीले जनाएको छ। सोही क्रममा उक्त अवैध गतिविधिमा प्रयोग भएका भारतीय नम्बर प्लेटका ३ वटा मोटरसाइकल समेत नियन्त्रणमा लिइएको छ।

सशस्त्र प्रहरीका अनुसार बरामद सामान आवश्यक कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।

सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रणमा कडाइ


हाल सीमावर्ती क्षेत्रमा यस्ता अवैध आयात तथा तस्करीका घटनामा वृद्धि भइरहेका बेला सशस्त्र प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। यसअघि पनि सोही क्षेत्रबाट खाद्यान्न, कपडा तथा अन्य उपभोग्य वस्तुहरू अवैध रूपमा भित्र्याउने प्रयास विफल पारिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *