🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रोशी खोलाको बाढीले बिपी राजमार्ग पूर्ण अवरुद्ध

रामेछाप । गए राति रोशी खोलामा आएको बाढीका कारण बिपी राजमार्ग अन्तर्गत निर्माण गरिएको अस्थायी ड्राइभर सनमा ठुलो क्षति पुगेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढीका कारण काठमाडौंबाट बिपी राजमार्ग हुँदै पूर्वतर्फ आउने–जाने सवारी साधन पूर्ण रूपमा रोकिएका छन् ।

गत वर्ष आएको बाढीले राजमार्गमा ठुलो क्षति पु¥याएपछि हाल सडक पुनर्निर्माणको काम भइरहेको थियो । सोही क्रममा रोशी खोलामा विभिन्न स्थानमा अस्थायी ड्राइभर्सन बनाएर यातायात सञ्चालन गरिएको थियो । तर, गए राति आएको बाढीले ती ड्राइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो ।

नेपालथोकका स्थानीय राज मैनालीका अनुसार अचानक आएको बाढीले ड्राइभर्सन बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ । उनका अनुसार सडक सञ्चालन नहुँदा कतिपय सवारी बिच बाटोमै रोकिएका छन् ।

यसैबिच, रामेछाप निर्वाचन क्षेत्र ‘ख’को मुख्य प्रवेशद्वार मानिने नेपालथोक–खैरेनी घाट पुल जोड्ने रोशी खोलाको अस्थायी ड्राइभर्सनसमेत बगाएको छ। उक्त मार्गमा क्षति पुगेपछि सो सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

बाढीका कारण यात्रु तथा सवारी साधन अलपत्र परेका छन् भने स्थानीय वासीलाई आवतजावतमा ठुलो कठिनाइ भएको छ । सम्बन्धित निकायले क्षतिको मूल्याङ्कन गरी सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *