🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

सिकार खेल्न जाँदा बेपत्ता एक युवकको शव फेला, अन्य बर्दिया हुँदै भारततर्फ फरार

गुलरिया (बर्दिया) ९ चैत : दुई साताअघि बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न जाँदा बेपत्ता भएका एक युवकको शव फेला परेको छ ।

निकुञ्जको बबई उपत्यका रातामाटे क्षेत्रमा सुर्खेत बराहताल गाउँपालिका–२ रानीपुरका ३३ वर्षीय टोपबहादुर खत्रीको शव फेलापरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख सुधीरराज शाहीले बताउनुभयो ।

सिकार खेल्न गएका अन्य पाँच जना भने बर्दिया हुँदै भारततर्फ फरार भएको प्रहरीले जनाएको छ । फरार भएकामा बराहताल गाउँपालिका–१ ज्यामिरेका रेशम सम्सेली, रविलाल दमाई, रामबहादुर घर्ती, सुनिल सम्सेली, दुर्गाबहादुर सिंजाली रहेको प्रहरी प्रमुख शााहीले बताउनुभयो ।

उहाँका अनुसार बर्दियास्थित इलाका प्रहरी कार्यालय बगनाहाको सहयोगमा घटनाबारे थप अनुसन्धान भइरहेको छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *