🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित थाई नागरिक पक्राउ

काठमाडौँ, ९ चैत : प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट तीन किलो ४३५ ग्राम गाँजासहित आज एक जना थाई नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बैङ्ककबाट काठमाडौँ आएका राहदानी नम्बर एसी २५६६३५६ का ३९ वर्षीय थाई नागरिक योङयुट थुइओन रहेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आज थाई एअरलाइन्सको उडान नम्बर टिजी ३०९ द्वारा बैङ्ककबाट काठमाडौँ आगमन भएका निज थाई नागरिक थुइओनले आफ्नो सुटकेसभित्र प्रतिबन्धित लागुऔषध गाँजाजस्तो देखिने पदार्थ अन्दाजी तीन किलो ४३५ ग्राम (प्लाष्टिक सहित) लुकाइछिपाई लैजान लागेको अवस्थामा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिइएको हो ।”

नियन्त्रणमा लिइएका निज थाई नागरिक थुइओनलाई थप आवश्यक कारबाहीका लागि लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरी नायब उपरीक्षक नेउपानेले बताउनुभयो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ