🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय नकारात्मक रहेको बजार अन्तिम समयमा सुधारिँदै ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेको हो।

यस दिन सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले घट्दा फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०३ अंकले बढेका छन्। अघिल्ला दुई दिन उच्च वृद्धि भएको बजारमा सोमबार इन्ट्रा–डे करेक्सन देखिएको थियो।

कारोबार रकम भने घटेको छ। आइतबार २३ अर्ब ५९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा २०८२ चैत ९ गते सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित भयो। कुल ३४२ स्टकको १ लाख ५६ हजारभन्दा बढी कारोबारबाट ३ करोड ८० लाख कित्ता शेयर किनबेच भएका छन्।

यस दिन सालपा विकास बैंक, रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर र भुजुङ्ग हाइड्रोपावर को शेयर सकारात्मक सर्किट लेभलमा पुगेका छन्। मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर र होटल फरेष्ट इन करिब १० प्रतिशतले बढ्दा फस्ट माइक्रोफाइनान्सको मूल्य पनि करिब ९ प्रतिशतले उकालो लागेको छ।

कारोबार रकमका आधारमा कुमारी बैंक अग्रस्थानमा रहँदा शिवम् सिमेन्ट्स र नेशनल हाइड्रोपावर कम्पनी पनि उच्च कारोबार हुने सूचीमा परेका छन्।

१३ उपसमूहमध्ये ७ उपसमूह बढ्दा ६ उपसमूह घटेका छन्। उत्पादन तथा प्रशोधन उपसमूह सबैभन्दा बढी १.५३ प्रतिशतले बढेको छ भने जलविद्युत र म्युचुअल फण्ड उपसमूहमा पनि करिब १ प्रतिशतको वृद्धि देखिएको छ।

Photos (1)
Select AllDownload All

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ