🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

दोहोरो नागरिकता लिने हीराधन पुन प्रहरीको नियन्त्रणमा 

गण्डकी, ३ चैत । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ ।

तत्कालीन रूकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०५८ वैशाख २० मा पुनःनेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुुभयो ।

उहाँका अनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको  छ । —

Leave a Reply

Your email address will not be published. Required fields are marked *