🌞
मौसम
काठमाडौं...
मिति
—
वार
—
नेपाल समय
—
▲ पात्रो हेर्न थिच्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
¬© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
—
—

‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा

काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् ।


षट्कोण आर्टसले निर्माण गरेको उक्त फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री खड्काले फिल्म निर्माण गर्ने समूह प्रतिको विश्वास र उक्त फिल्ममा उठान गरिएको विषय वस्तुका कारण ‘अडिसन’ दिएको बताइन् ।

‘मैले अभिनय गर्न थालेको दर्शवर्ष पार गरेपछि पहिलोपटक अडिसन दिएर भूमिका प्राप्त गरेकी हुँ । किनकि मैले जुन भूमिका निभाएकी छु, त्यो निकै गम्भीर र मेरो लागि चुनौतिपूर्ण थियो ।

एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन तर मैले अहिलेसम्म गरेको काम भन्दा भिन्न छ’, अभिनेत्री खड्काले भनिन् ।

उक्त फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यु कलाकार विशाल देवकोटा, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरुआत गरेका छन् । फिल्ममा यम थापाको निर्देशनसँगै कथा लेखन रहेको छ ।

‘मसँग भएको कथा मैले षट्कोण आट्र्समा सुनाएपछि हाम्रो सहकार्य जुरेको हो । खासमा पहिला मैले कथा दिने सोच बनाएको थिएँ, तर मलाई नै निर्देशन गर्न प्रस्ताव गर्नुभयो । मैले यसलाई आफ्नो निर्देशकीय यात्राको निकै महत्वपूर्ण अवसर मानेको छु, मेरो आगामी यात्राले यसले नै तय गर्नेछ’, निर्देशक थापाले भने ।

फिल्मको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका छन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त फिल्मलाई दीपेश खत्री र रविन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *