🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

‘पुराना राजनीतिक दलप्रति जनतामा किन बढ्याे असन्तुष्टि’

काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसदहरूबीच अन्तरक्रिया भएको छ । कांग्रेस संसदीय दलले आज पार्टीका राष्ट्रिय सभाका वहालवाला सांसद र नवनिर्वाचित सांसदहरूबीच परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रम गरेको हो ।

उक्त अन्तर्क्रिया कार्यक्रम परिचयात्मक तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद ललितजंग शाहीले पुराना राजनीतिक दलप्रति जनतामा असन्तुष्टि रहेको बताएका छन् ।

उनले पुराना दलहरूले कुनै काम नगरेको भन्ने कुरा सही नभए पनि जनअपेक्षा अनुसार विकासको गति हासिल गर्न नसकेको वास्तविकता रहेको बताए । उनले शिक्षा, स्वास्थ्य, यातायात र सञ्चारजस्ता क्षेत्रमा उल्लेखनीय काम भए पनि अपेक्षित स्तरमा परिवर्तन आउन नसकेको बताए ।

उनले भने, ‘पुरानो पार्टीहरुसँग नेपाली जनता त्यति सन्तुष्ट छैनन् । असन्तुष्टिको भाव व्यक्त गरेर अहिले प्रतिनिधिसभाको नतिजा आएको छ । पुरानो दलले केही काम गरेको छैनन् भन्न त मिल्दैन ।

शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारको क्षेत्रमा प्रशस्त काम भएका छन् । तर एउटा कुरा सत्य के हो भने जति हुनुपथ्र्यो जनअपेक्षा बमोजिम त्यो हुन सकेन । छलाङ अर्थात फड्को मार्न सकेनन् ।’

उनले अहिले देखिएको प्रतिनिधिसभाको नतिजाले पनि जनताको असन्तुष्टिको भावना स्पष्ट रूपमा व्यक्त गरेको बताए ।

माघ १२ गते राष्ट्रिय सभाको १८ पदका लागि चुनाव भएको थियो । नेपाली कांग्रेसका ९ जना निर्वाचित भएका थिए ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज अन्तक्र्रिया भएको हो । कार्यक्रममा पार्टीका राष्ट्रिय सभा दलका नेता कृष्णप्रसाद सिटौलालगायत उपस्थित थिए । राष्ट्रिय सभामा कांग्रेसका २४ जना सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *