🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले दक्षिणी लेबनानमा संयुक्त राष्ट्रको शिविरमाथि भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसको कडा निन्दा गर्नुभएको छ । यस घटनामा घानाका तीन शान्ति सैनिक गम्भीर घाइते भएका छन् ।

संयुक्त राष्ट्र शान्ति मिसनले घटनाको विस्तृत छानबिन गर्ने तयारीमा रहेको जनाएको छ । महासचिवका प्रवक्ता स्तेफान दुजारिकका अनुसार शुक्रबार दक्षिणपश्चिमी लेबनानको अल कावजाह क्षेत्रमा भएको गोली हानाहानका क्रममा संयुक्त राष्ट्रको आधार शिविर प्रभावित भएको हो ।

महासचिवले संयुक्त राष्ट्रका कर्मचारी र सम्पत्तिको सुरक्षा सधैं सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ र जिम्मेवार पक्षले जवाफदेही हुनुपर्ने कुरा पनि स्पष्ट पार्नुभयो ।

यो घटना इजरायल र इरान समर्थित हिजबुल्लाहबीच भएको गोलीबारीको क्रममा भएको बताइएको छ ।
संयुक्त राष्ट्रको शान्ति सेना सन् १९७८ देखि इजरायल र लेबनानबीच शान्ति कायम गर्न मध्यस्थको रूपमा तैनाथ हुँदै आएको छ ।

संयुक्त राष्ट्रले लेबनानभर भएका घटनाको छिटो र निष्पक्ष छानबिनका लागि आग्रह गर्दै द्वन्द्वमा संलग्न पक्षहरूलाई तनाव कम गर्न र सुरक्षा परिषद्को प्रस्ताव नम्बर १७०१ पालन गर्न अनुरोध गरेको छ ।

यो प्रस्ताव सन् २००६ मा इजरायल र हिजबुल्लाहबीच भएको द्वन्द्व अन्त्य गर्न बनाइएको थियो र सन् २०२४ को युद्धविराम सम्झौताको आधार पनि यही बनेको हो ।

(तस्बिर : TOPSHOT – A projectile leaves behind a trail in the sky as seen from Gaza City on March 7, 2026. United Nations Secretary-General Antonio Guterres condemned on March 6 “unlawful attacks” across the Middle East and warned that the situation could spiral out of control as the regional war raged across multiple countries. Photo by Eyad Baba / AFP)

Leave a Reply

Your email address will not be published. Required fields are marked *