🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

परराष्ट्रमन्त्री खनालद्वारा मनमैजु मन्दिरमा पूजाअर्चना

काठमाडौँ, २० चैत : परराष्ट्रमन्त्री शिशिर खनालले मनमैजु मन्दिरको दर्शन तथा पूजाअर्चना गर्नुभएको छ ।

आज बिहान तारकेश्वर नगरपालिका-९ मनमैजु मन्दिरमा पुगेर उहाँले पूजाअर्चना गर्नुभएको हो । मन्त्री खनालले अन्य दर्शनार्थीजस्तै लाइनमा बसेर पूजा गर्नुभएको थियो ।

ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको मनमैजु बजारमा नेवार समुदायको बाक्लो बसोबास रहेको छ । यहाँ चैत शुक्ल पूर्णिमाको अघिल्लो दिनदेखि पाँच दिनसम्म जात्रा लाग्ने गरेको छ ।

जात्राको पहिलो दिन लिङ्गो ठड्याउने, दोस्रो दिन मरजा खुवाउने, तेस्रो दिन सिन्दूर जात्रा, चौथो दिन विश्राम (आफन्तलाई भोज खुवाउने) र पाँचौँ दिन सिन्दूरजात्रा र देवता विसाउने र सोही दिन लिङ्गो ढाल्ने प्रचलन रहेको स्थानीय समाजसेवी इन्द्रमान महर्जनले जानकारी दिनुभयो ।—

Leave a Reply

Your email address will not be published. Required fields are marked *