🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था

जुम्ला, १३ चैत : तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ ।

पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको समाचार मिति २०८२ चैत १० गते सम्प्रेषण भएपछि मिति २०८२ चैत १२ गते बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो ।

सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिनुभयो ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उहाँले बताउनुभयो ।

यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ । पालिकाले यो आवमा रु २८ लाख आठ हजार ७५० राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु नौ लाख ९७ हजार सङ्कलन भएको जनाएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *