हरायो सीमाना खोजिदेउन कोही
गुपचुप छन नेताजी बोलिदेउन कोही
शाहीद भए कति त सीमा वारिपारि
किन खोजी हुन्न सोधिदेउन कोही
बेकम्मा आन्दोलन किन गर्नु पर्यो
सबै प्रेदेशको राजधानी नेपालमै पर्यो
सक्छौ भने बरु जुटौ सबै साथी
तेर्स्याउ खुकुरी सीमा मिच्ने माथि
ब्यक्तिगत स्वार्थभन्दा माथि उठ नेता
बिदेशी ईशारामा चल्न छोड नेता
किन बेच्छौं सीमा किन नदी–नाला
सबै सकिसके के हो चाला माला ?
-उज्वल अधिकारी
कठजोर ७, रामेछाप



