🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेका भातृसङ्गठन भित्र आरोप-प्रत्यारोप

काठमाडौं, पुस ३० \\ नेपाली कांग्रेसको कृष्णप्रसाद सिटौला पक्षले पार्टीभित्र आफ्नो गुटगत सकृयता बढाएको छ।

    नेबिसङ्घ भित्र ‘समानान्तर अनुशासन समिति’ गठन गरी त्यो समानान्तर समितिका अध्यक्ष राजेश रौनियारले नेबि सङ्घका अध्यक्ष नैनसिंह महरसँग प्रष्टिकरण सोधेका छन्।

“तपाईंमाथि गम्भीर प्रश्नहरु उठेका छन् । लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने संगठनको अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिलाई यस्ता गम्भीर सवालहरुमाथि सत्य-तथ्य स्पष्ट पार्न सजिलो होस् भनि स्पष्टीकरणको मौका प्रदान गरिएको छ”, प्रष्टिकरण सोधिएको पत्रमा लेखिएको छ।

बिधानविपरित समितिहरु गठन गरेको, आमन्त्रित केन्द्रीय सदस्य  तोकेको, आर्थिक लेनदेनमा फसेको र स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा चुनावमा पार्टीका उम्मेदवारहरुलाई हराउन संलग्न रहेकोलगायतका आरोप महरमाथि लगाइएको छ ।

तर महरले भने आफूले विधान अनुसार नै काम गरिरहेको दावी गर्दै पार्टी शुद्धिकरणको प्रक्रियामा असन्तुष्टिका स्वर आउनु सामान्य भएको प्रतिक्रिया दिए । उनले अनुशासन विपरित गतिविधि गर्नेहरुलाई कारबाही जारी रहने चेतावनी पनि दिए ।