🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्वोच्च अदालत कै मुख अगाडि जन–विरोध र धर्ना !!! प्रा.डा. केसीको पक्राउमा कसले के भने ? 

काठमाडौं, पुस २५ गते  । सर्वोच्च अदालतका न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले त्रिवि शिक्षण अस्पतालका प्रध्यापक डा. गोविन्द केसीले अदालतको मानहानी गरेको जनाउँदै पक्राउ पुस २४ गते राति ८.४० बजे त्रिवि शिक्षण अस्पतालको अनसनस्थलबाटै पक्राउको विरुद्ध पुस २५ गते बिहानै ८ बजेदेखि काठमाडौंको स्वतन्त्र पार्क माइतिघर मण्डलमा जनबिरोध सुरु भएको छ।  सर्बोच्च अदालतको मुखभन्दा  ५० मिटरपरबाट प्रध्यापक डा. गोविन्द केसीको समर्थन र सर्बोच्च अदालतको निर्णयविरुद्ध जनविरोध जारी छ।  डा. गोविन्द केसीको समर्थन र सर्बोच्च अदालतको निर्णयविरुद्ध २०७४ पुस २४ गते रातिदेखि सामाजिक संजालहरु रंगिएका   छन् ।  सामाजिक संजालहरु फेसबुक, ट्वीटरमा बिभिन्न पेशा, व्यवसायका मानिसहरुले प्रतिक्रिया दिएका छन्।  त्यस मध्ये केही प्रतिक्रियाहरु यहाँ प्रस्तुत गरिएको छ।  

आफ्नै अन्तरात्मासंग सोधौं–डा बाबुराम भट्टराई 

"मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डा. केसी पक्राउ परेको खबरले दु:खी छु। डा.केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु।चिकित्सा शिक्षाक्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँशक्तिको ऐक्यबद्धता छ . डा. गोविन्द के सी समकालीन नेपालमा प्रसिद्ध अंग्रेज़ी कथा Emperor's New Clothes का अवोध बालक हुन्! हामी सबै बादशाहका आसेपासे चाकर हुने कि अवोध बालक हुने आफ्नै अन्तरात्मासंग सोधौं !"

डा केसीका माग र शैलीमा असहमति जनाउनु पर्दैन 

पत्रकार देवप्रकाश त्रिपाठी– ''डा गोविन्द केसी गलत हुन यो कतैबाट प्रमाणित भएको छैन, उनले उठाएका कैयन माग जनहितसङ्ग सम्बन्धित पनि छन, तर उनी एक नागरिक हुन र कानून अन्तर्गत छन। देश सुधार्ने प्रतिबद्धता बोकेको मान्छेले न्यायालय र कानून लाई चुनौती दिन खोज्दैनन, अराजकता प्रोत्साहित हुने काम गर्दैनन। एक ब्यक्तिले धर्ना या अनशन बसेकै भरमा सबै इच्छा या माग पूरा गर्नुपर्ने भए सरकार, सम्सद, न्यायालय, प्रहरी, कानून किन चाहिन्थ्यो? माग जस्तासुकै हुन त्यो पूरा हुन प्रक्रिया सम्मत मार्ग अवलम्बन गर्नुपर्छ। अदालत को अपमान नगरिकन पनि डा केसीले आफ्ना माग अघि सार्न सक्थे। राज्यका सबै निकायहरू लाई एक एक गरि ध्वस्त गर्नैपर्ने हो भने डा केसीका माग र शैलीमा असहमति जनाउनु पर्दैन।''

प्रधानमन्त्री तथा गृह मन्त्री  देउवाको नाटक !!

डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री तथा गृह मन्त्री  देउवाले बिरोध गरेको समाचार पनि बाहिर आएको छ।  प्रश्न उठेको छ, प्रधानमन्त्री तथा गृह मन्त्री स्वयम् लाई यो घटना थाहा छैन भन्नु कि त रसातलमा पुग्दै गएको देउवाको नैतिकतामाथि अर्को बज्र प्रहारभएपछिको  नाटक ! कि त यो देशको प्रहरी प्रशासन भूमिगत गिरोहले चलाएको छ,   प्रधानमन्त्री तथा गृह मन्त्री देउवाको असफल नेतृत्व भन्ने पुष्टि भएको प्रमाण !? 

पत्रकार अरुण बराल ''डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरी रातारात हिरासतमा राखेकोमा प्रधानमन्त्री शेरबहादुर देउवाले असन्तुष्टि व्यक्त गरेका छन् । प्रहरीले आफूलाई थाहै नदिई डा. केसीलाई गिरफ्तार गरेको प्रधानमन्त्री देउवाको गुनासो छ ।''

आबेग र आक्रोस न्यायमूर्तिको शब्दकोशमा हुदैन

पूर्व सचिब भीम उपाध्याय–''राज्यको न्याय सम्पादन गर्ने अंग अदालतको सुरक्षा जनताले मात्र गर्न सक्छ । जनप्रियता अदालतको आत्मा हो । जनताकै निम्ति अदालत हो । अधिकॉश जनता अदालतसंग रिसाउछ भने न्यायामुर्तिहरूले सोलसर्चिंग गर्नैपर्छ,ती ध्यानमा बसून् । आबेग र आक्रोस न्यायामुर्तिको शब्दकोशमा हुदैन,त्यसैले ती मूर्ति हुन् पुजन हुन्छ, तर आफै बोल्दैनन् ।'' 

लौ, भन्दिएँ मैले पनि ! 

पत्रकार कुसुम भट्टराई–''अदालतभन्दा ठूलो इन्द्रेया बाउ चन्द्रे हैन । डा. बाबुराम हुन या रवीन्द्र मिश्र, तिनले अदालतको आदेशको विरुद्ध सडकमा प्रदर्शन गर्नु भनेको तिनले कानूनी राज्य र विधिको शासनको उपहास गरेकै ठहर्छ । अदालतको अपमान भनेको सँविधानको पनि अपमान हो । कसैको सडक या सनकले देश चल्दैन, डा. केसी भगवान हैनन् । अनि डा. केसीको ढाडमा टेकेर कसैले पनि अरवीन्द केजरीवाल बन्ने सपना नदेखे हुन्छ । माइतीघर मण्डलामा कोकोहोला मच्चाउने गोविन्द केसीका पक्षधरहरुको हैसियत हालैको चुनावमा देखिइहाल्यो । जनता कसको पक्षमा छन् भन्ने पनि स्पष्ट भइहाल्यो । बेकारमा केसी कार्डको आगोमा राजनीतिक गोडा सेक्ने निरर्थक काम किन ? बिबिसीको हालत पतला भएकाले केही मानिसहरु राजनीतितीर झिँगे दाउ थापीरहेका रहेछन् भन्ने त हालै बिबिसीकी चिनमा कार्यरत पत्रकारले तलब नपाएर जागीर छाडेको घटनाबाट स्पष्ट भइहाल्यो । बरु आफैले कुनै अनलाइन सुरु गरे हुन्छ । डा. सा'ब र मिश्रजी दुबै मिलेर बागबजारमा ‘हाउ टु सक्सेस’ मार्का किताबहरुको पसल चलाए चल्थ्यो कि  ? मार्टिन चौतारीतिर पनि जागिर पाइनसक्थ्यो कि ? डा. केसी बुढाको रुग्ण ढाडमा टेकेर कुनै टाउको भेटिदैन लालध्वज कमरेड ।''

डा केसी सर्वोच्च अदालतमा उपस्थित

 वरिष्ठ चिकित्सक डा गोविन्द केसी सर्वोच्च अदालतमा  उपस्थित भएका  छन्  । सर्वोच्च अदालतले अदालतको अपहेलना मुद्दामा डा केसीलाई पक्राउ गरी पुस २५ गते  बिहान ९ बजे अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई पुस २४ गते सोमबार आदेश गरेको थियो । 

डा केसीले अदालतमा भ्रष्टाचार भएको भन्दै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै पुस २४ गते बेलुका ४ बजे सोमबार अनशन शुुरु गरेका थिए  । अनशन स्थलबाट सोमबार साँझ ८.४०  बजे डा केसीलाई प्रहरीले पक्राउ गरेको थियो । 
–––