काठमाडौं । कठ्याँग्रिदो जाडोमा निर्वाचनमा खटेका प्रहरीलाई प्रहरी प्रधान कार्यालयबाटै भत्ता दिनेबारेमा अन्याय हुने गरेको गुनासो छ । प्रहरी प्रधान कार्यालय प्रशासन शाखाका केही जुनियर अधिकृतले तल्लो दर्जाका प्रहरीलाई भत्ता दिने सवालमा अन्याय गरेको गुनासो साँघुलाई प्राप्त भएको छ । निर्वाचनमा नखटे पनि प्रशासन शाखाका प्रहरी नायब निरीक्षक (सई) झलक बस्नेत, महेश श्रेष्ठ र गुप्तमाया श्रेष्ठहरूले भत्ता लिने गरेका छन् ।
तर निर्वाचनमा खटिनेहरूले महिनौंसम्म पनि भत्ता नपाउने जस्तो अन्यायपूर्ण ब्यवहार हुँदैआएको छ । प्रशासन शाखामा दसौं बर्षदेखि कार्यरत महेश श्रेष्ठ र झलक बस्नेतले निर्वाचनमा खट्नेलाई भत्ता दिंदै नदिने, आधा दिने गरेको दुखेसो प्रहरीको छ । प्रशासनमा यी दुई जुनियर अधिकृतले मनपरी गर्दैआएका छन् । तर उनीहरूले यो दुखेसो माथिल्ला हाकिमलाई पोखेमा थप दुःख दिने गरेपछि साँघुमार्फत् आइजीपी प्रकाश अर्यालकै नजर पर्ने आशाका साथ पठाएको उल्लेख गरेका छन् ।
आइजीपी सा’बले प्रशासनले निर्वाचनमा खटाएका कर्मचारीलाई एक एक गरी सोध्ने हो भने कतिपयले निर्वाचन भत्ता नपाएको र कतिपयले आधामात्र पाएको जवाफ दिनेछन् ।
निर्वाचनमा २४ सै घण्टा खट्नेले चाहिं निर्वाचनको भत्ता नपाउने, तर निर्वाचनमा खट्दै नखटेका महेश श्रेष्ठ, झलक बस्नेत र गुप्तमायाहरूले हेडक्वार्टरमै बसी निर्वाचन भत्ता लिने गरेका छन् । र, पाउनुपर्नेहरूको समेत बेलामा नदिएर दुःख दिने काम गरेका छन्, गुनासोपत्रमा उल्लेख छ, चुनावमा खटिएका सबै प्रहरीलाई भत्ता दिने डाडुपन्यौ लिएर बसेकाहरू झलक र महेशहरू नै हुन् ।



