🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो peru-wasp-494748.hostingersite.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

जिन्दगी आज कमाउने भरे रमाउने : सरोज तामाङ

(आफ्नो काममा आनन्द लिनु पनि ठूलै कुरा हो । मनले यदि साँच्चिकै सन्तुष्ट हुन खोज्यो भने सानोतिनो सफलतामा पनि मानिस खुशी हुन्छ । कहिलेकाहिं यस्तै हो भन्ने मानसिकताले पनि सन्तुष्ट हुन सिकाउँछ । त्यसरी नै यस्तै हो भनेर सन्तुष्ट हुने मध्येका एक हुन् सडक पाइलट सरोज तामाड्ड । २७ वर्षे नुवाकोटका युवा सरोजले आफ्नो पेशा बुझेका छन् । त्यही बुझाइले नै उनलाई धैर्य गर्न सिकाएको छ । बा ४ ख ३२५२ नम्बरको गाडीका चालक सरोजले आखिर त्यस्तो के सिके जीवनमा ? सडक पाइलटसंगको अन्तरड्डमा साँघु प्रतिनिधिसंग उनले आफ्नो जीवन खोलेका छन्–सम्पादक)

० गाडी लाइनमा कहिलेदेखि आउनु भयो ? 
–१० वर्ष भयो आएको । 

० कोही थियो यो लाइनमा ? 
–भिनाजु हुनुहुन्थ्यो । उहाँले ल्याउनु भयो मलाई । 

० कसरी आउनु भयो त ? 
–गाउँमा ६ कक्षामा पढ्दै थिएँ । अनि त्यहीं बेकरीमा पनि काम गर्दैै थिएँ । परीक्षा सकिएको छुट्टी थियो । त्यही बेलामा भिनाजुले हिँड् काठमाडौं भनेर ल्याउनु भयो । कान्तिपुर यातायातमा ढोकामा बस्न थालें । त्यसपछि त छोड्नै सकिएन । 

० ढोकामा कति बस्नुभयो ? 
–तीन वर्ष ढोकामा बसें । अनि त्यही कान्तिपुरमै अहिलेसम्म गाडी चलाइरहेको छु । 

० कमाई ढोकामा बस्दा कि ड्राइभरको सिटमा ? 
–बराबरी नै हुन्छ । ढोकामा बस्दा कोही पैसा मार्ने पनि हुन्छन् । मैले त इमानदार नै पाएको छु । त्यसैले बराबरी नै गर्छौं ।

 
० कस्तो छ गाडीलाइन ? 
–ठीकै छ । आफूले जानेको यही नै हो । यसैमा चलिरहेको छ भन्नुप¥यो । 

० अरु जागिर खान कुनै प्रयास गरिएन ? 
–गरेको थिएँ तर भएन । आर्मीमा जाने सोच थियो । तर हाइटले धोका दियो । त्यत्तिकै भयो सपना । 

० गाडी लाइनमा सम्मान छ त ? 
–आफूले गरेको कामलाई कसरी नराम्रो भन्ने । तर गाडीलाइनमा मान्यता छैन । सम्मान छैन । कसैले देखावटी रुपमा गर्छन् । देखावटी रुपमा गुरुजी भन्छन् । खासमा केही छैन । 

० त्यसो भए के रहेछ त ड्राइभरको जिन्दगी ? 
–जिन्दगी खाइलाई ठिक्क भने जस्तै हो । आज कमाउने भरे रमाउने भनेजस्तै हो । खान लाउन ठिक्क छ । कमाइ खासै भएन । १२–१४ घण्टा काम गर्दा २५–३० हजार कमाउनु खासै केही हैन । यो खान लाउन मात्र ठिक्क हुन्छ । 

० बढी कमाउन विदेशतिर जाने पनि सोचियो कि ? 
–सोचें । गएँ पनि । मलेसिया गएर चार वर्ष बसेर आएँ । 

० के गर्नुभयो त्यहाँ ? 
–लेबर काम गरियो । कम्पनीको काम गरियो । 

० अनि छाड्नु भयो ? 
–सुरुसुरुमा त कमाई ठीक थिएन । पछिपछि ठीक हुँदै गएको थियो । तर गइएन । घर आएपछि फर्केर जान मन लागेन । 

० अब विदेश नजाने ? 
–जाने । अब तिहारपछि प्रोसेस चाल्ने सोच छ । कुवेत वा कतारतिर गाडीलाइनमै जाने मन छ । 

० दशैं कस्तो भयो त ? 
–खासै रमाइलो भएन । घर गइएन । गाडी चलाएर बसियो । सबै घर गए गाडी कसले चलाउने भन्ने सोचेर यसपटक काठमाडौंमै बसियो । 

० तिहारमा पनि यतै बस्ने ? 
–तिहारमा यता नबस्ने । घर जाने । रमाइलो गर्ने सोच छ । 

० दुर्घटना भएको छ कि छैन ? 
–भएको छ । महाराजगञ्जमा साझा यातायातसंग ठोक्किएको छु । कुनै मानवीय क्षति त भएन । 

० दुर्घटना किन हुन्छ ? 
–लापरवाहीले नै हो । आजकल त गाँजा(घाँस) खाएर पनि चलाउँछन् भन्छन् । त्यसले पनि होला । 

० भोलिका दिनमा के गर्ने सोच छ ? 
–भोलिको अहिलेसम्म सोचेको छैन । काम गाडीकै हो । अरु त हातमा सीप छैन । यही हो जानेको । यही नै हुन्छ । कहाँ हुन्छ कसरी हुन्छ त्यो भने भन्न सकिन्न अहिले ।